विराटनगर २८ फागुन । नेकपा एमाले कोशी प्रदेश कमिटीले १४ वटै जिल्लाको निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
आगामी चैत २५ गतेभित्रमा क्षेत्रीय समन्वय कमिटीका बैठकहरु आयोजना गरि समीक्षा बैठक गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । क्षेत्रीय समन्वय कमिटीबाट आएका प्रतिवेदनहरुका आधारमा जिल्लागत प्रतिवेदन तयार गरि प्रदेश कमिटीमा पठाउन परिपत्र गरिएको छ ।
वडा र पालिका स्तरमा प्राप्त मतको पहिलो, दोश्रो, तेश्रो र चौथो हुने पार्टीहरुको नाम, उम्मेदवारको नाम र तिनले प्राप्त गरेको मत समेत उल्लेख गरि प्रतिवेदन बुझाउन भनिएको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो । उहाँका अनुशार विगतमा एमालेका पक्षमा भएका वडा, पालिका र निर्वाचन क्षेत्र, जिल्लामा मत कायम रहयो, वढोत्तरी वा कम्जोर के भयो त्यसको पनि समीक्षा गरि वर्तमान परिस्थितिका बारेमा समेत समीक्षा गरेर प्रतिवेदन तयार गर्न भनिएको छ ।
प्रदेश कमिटीले चैत ६ गते देखि २७ गते सम्म जिल्ला कमिटीका बैठकहरु आह्वान गर्न भनेको छ । जिल्ला कमिटीको बैठक अघि वडा कमिटी र पालिका कमिटीको समीक्षा बैठक आयोजना गर्न प्रदेश कमिटीले परिपत्र गरेको छ ।