विराटनगर २८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा समानुपातिकमा भन्दा प्रत्यक्ष तर्फ मत बदर बढी भएको छ ।
प्रत्यक्ष तर्फ २० लाख ८४ हजार २१९ मत खसेकोमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । समानुपातिक तर्फ ९८ हजार ३३४ मत बदर भएको छ । प्रत्यक्ष तर्फ कुल सदरको ६ दशमलव २८ र समानुपातिक तर्फ ४ दशमलव ६८ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
जिल्लागत रुपमा प्रत्यक्ष तर्फ उदयपुरमा सवैभन्दा बढी ७.६३ प्रतिशत र सवैभन्दा कम सोलुखुम्वुमा ४ दशमलव ९१ प्रतिशत मत बदर भएको छ । निर्वाचन क्षेत्रगत रुपमा सवैभन्दा बढी मोरङ ५ मा १०.०६ र सवैभन्दा कम झापा ५ मा ९ दशमलव ९६ प्रतिशत मत बदर भएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार इलाममा ८ हजार ४६१, उदयपुरमा ९ हजार २२०, ओखलढुंगामा ३ हजार ३५६, खोटाङमा ३ हजार ९२८, झापामा २३ हजार ३५४, ताप्लेजुङमा २ हजार ६८६, तेह्रथुममा १ हजार ९०९, धनकुटामा ४ हजार ८८३, पाँचथरमा ३ हजार ८९७, भोजपुरमा ३ हजार ८७१, मोरङमा ३६ हजार ५०९, संखुवासभामा ३ हजार ७८०, सुनसरीमा २३ हजार ००३ र सोलुखुम्बु १ हजार ९९० मत बदर भएको छ ।