विराटनगर २१ फागुन । ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित शहिद स्मृति आ.वि.सातसल्ले मतदान केन्द्रमा समानुपातिक तर्फ ४ मत खसेको छ । प्रत्यक्ष तर्फ भने सो केन्द्रमा सून्य मत खसेको छ ।
प्रादेशिक अस्पताल बनाउने प्रक्रिया शुरु भएर पनि अस्पताल नबनेपछि त्यस मतदान केन्द्रमा मतदाता कसैले पनि मत हालेनन् । बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान केन्द्र खुल्ला राखिएको तर एक जना पनि मतदान गर्न नआएको मतदान अधिकृत परवासी राईले बताउनुभयो ।
प्रादेशिक अस्पताल नबनेकोमा असन्तुष्टि जनाउँदै टोक्सेलका स्थानीयले मतदान बहिस्कार गरेको वडाअध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो । निर्वाचन गराउन निर्वाचन केन्द्रमा खटिएका चार जना कर्मचारीले समानुपातिकतर्फ मतदान गरेका छन् । सो केन्द्रमा ७०१ जना मतदाता छन् ।