मोरङ कारागारका ९६ कैदीबन्दीद्धारा मतदान

विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली तर्फ मोरङ कारागारका ९६ कैदीबन्दीले मतदान गरेका छन् ।

कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा उनीहरुले मतदान गरेको मोरङ कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिनुभयो ।

अस्थायी मतदान केन्द्र अन्तरगत मोरङ कारागारमा १४२ जनाको मतदाता नामावलीमा नाम समावेश थियो । हाल कारगारमा रहेका ९६ जनाले मतदान गरेको जेलर ढुङ्गेलले बताउनुभयो ।