विराटनगर २१ फागुन । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालले मतदान गर्नुभएको छ ।
उम्मेदवार ढकालले विराटनगर ५ को श्री आधारभुत विद्यालय मतदान केन्द्रबाट विहान ७ :३० वजे मत खसाल्नु भएको हो । ढकाल मोरङ ६ का मतदाता हुनुहुन्छ ।
मतदानपछि एमाले उम्मेदवार ढकालले क्षेत्रबासी जनताले आफुलाई विश्वास गरेर जिताउने विश्वास व्यक्त गर्नुभयो ।
एमाले उम्मेदवार ढकाल क्षेत्र नंं ६ अन्र्तगतका सवै मतदान स्थलहरुमा पुग्ने उहाँकाको सचिवालयले जनाएको छ ।