विराटनगर २१ फागुन । मोरङ क्षेत्र नं. ४ का एमाले उम्मेदवार जीवन घिमिरेले मतदान गर्नुभएको छ ।
घिमिरेले केहीवेर अघि विराटनगर १० स्थित भानु आधारभुत विद्यालय संसारीमाईस्थान मतदान केन्द्रबाट मत खसाल्नु भएको हो । विराटनगर १० भरिका मतदाताका सो मतदान स्थलमा ८ वटा मतदान केन्द्र छन् । उम्मेदवार घिमिरेले क्षेत्रबासी सवैलाई मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र मतदान कार्यमा सहभागी हुन आग्रह गर्नुभयो ।
