मोरङको १२ प्रदेशसभाका लागि एमालेबाट ९५ जना सिफारिस

विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ ।
१२ वटै प्रदेशसभाको प्रत्यक्षतर्फ एक भन्दा बढीको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (क) बाट मोरङ सचिव रुपेश खतिवडा सहित ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट उमाकान्त गौतम, पुष्प ढकाल, निरोज तिम्सीना, चन्द्रबहादुर भट्टराई, गोपाल बस्नेत र देवीप्रसाद आचार्यको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. १ (ख) बाट प्रदेश कमिटी सदस्य डिल्लीराम शर्मा अधिकारी सहित ३ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट पूर्व जिविस सभापति खड्गबहादुर वस्नेत, बुद्धिमान लिम्वुको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ ६ जना सिफारिसमा परेका छन् ।
क्षेत्र नं. २ (क) मा मेघराज कट्टेल सहित ९ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट डिवी कार्की, विष्णु पोखरेल, सुभाष पौडेल, बसन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरि पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस गरिएको प्रदेश समन्वय कमिटीले जनाएको छ । समानुपातिक तर्फ १५ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्य पूर्व मन्त्री लिलाबल्लभ अघिकारी सहित ९ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट टेकबहादुर भट्टराई, भोला खतिवडा, अनिल पोखरेल, डिल्ली दाहाल, इर्जालाल राजवंशी, खेमकुमार दाहाल, नरनाथ लुईटेल, गोपाल थापा सिफारिसमा परेका छन् । समानुपातिक तर्फ ४ जना सिफारिस भएका छन् ।
क्षेत्र नं. ३ (क) मा पथरीशनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप राई सहित ११ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष ताराबहादुर काफ्ले, देवराज भण्डारी, रामकुमार वस्नेत, युवराज बाँस्कोटा, भगतचन्द्र थपलिया, मोहनकुमार न्यौपाने, पर्शुराम मिश्र, विजय डाँगी, रविन थापा, नरेन्द्रकुमार खड्का रहेका छन् । समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ३ (ख) मा प्रदेश सांसद तथा पूर्व मन्त्री राजकुमार ओझासहित १३ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट बेलबारी नगरपालिकाका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदी, सुजन गौतम, भक्तिकिरण राई, सुदन चौहान, बद्री अर्याल, सञ्जीव रोक्का, लिलाप्रसाद आचार्य, राजकुमार वस्नेत, सुरेन्द्रबहादुर थापा, किरणकुमार राई, तारादेवी शाक्य र सुजितकुमार वस्नेत सिफारिसमा परेका छन् । समानुपातिकमा २० जनाको नामसिफारिस भएको छ ।


क्षेत्र नं. ४ (क) बाट नरेन्द्र बस्नेत सहित ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट मित्रप्रसाद घिमिरे, ललिता चौधरी, जयप्रकाश चौधरी, नविनकुमार मण्डल, नन्दराज गिरी र प्रयाग न्यौपाने रहेका छन् । समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. ४ (ख) बाट पूर्व मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरे सहित ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट इश्वरप्रसाद निरौला, कौशिला बञ्जरा, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी र राजन भण्डारी सिफारिसमा परेका छन् । समानुपातिक तर्फ १३ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. ५ (क) बाट पूर्व मन्त्री ज्ञानेश्वर राजवंशी सहित ४ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट सन्तोष साह, राजेन्द्र मण्डल र प्रदिप मण्डल रहेका छन् । समानुपातिक तर्फ १२ जनाको नाम सिफारिसमा परेको छ । ५ (ख) बाट प्रदेशसभा सदस्य बसन्ती यादव सहित ७ जना सिफारिस भएाक छन् । सो क्षेत्रबाट विक्रम तिवारी, मीनादेवी यादव, निजाम शेख, दिलसाद आलम, भूराज राई र रामचन्द्र महतो रहका छन् । समानुपातिकमा १४ जनाको नाम सिफारिस भएको छ ।


क्षेत्र नं. ६ (क) बाट स्थायी कमिटी सदस्य गुरु बराल सहित ११ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजिव गौतमको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ । समानुपातिकमा १० जनाको नाम सिफारिस भएको छ ।
६ (ख) बाट राष्ट्रिय खेलकुद महासंका अध्यक्ष पर्शुराम वस्नेत सहित ७ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट प्रदेश सांसद यशोदा अधिकारी, रमेश पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइराला, दिननाथ भगत, शिव थापाको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ १७ जनाको नाम सिफारिस भएको प्रदेश समन्वय कमिटीले जनाएको छ ।


०७४ को प्रदेश सभा निर्वाचनमा एमालेले प्रदेशसभाका १२ क्षेत्र मध्ये ५ वटामा प्रत्यक्ष निर्वाचित भएको थियो । माओवादी र एमालेले ६–६ क्षेत्रमा उम्मेदवारी दिएका थिए । प्रदेशसभामा एमालेबाट प्रत्यक्ष निर्वाचित मोरङ १ (ख) का उपेन्द्र घिमिरे अहिले नेकपा एकिकृत समाजवादीमा छन् ।