निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्वन्धी काेशी प्रदेश स्तरीय अभिमुखीकरण

विराटनगर १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा काेशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सवन्धी काेशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै पत्रकारलाई धम्की, आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति निकाल्नु परिरहेको बताउनुभयाे । उहाँले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयाे । डिजिटल प्लेटफर्मका कारण सहि र सत्य सूचनाहरू जनता समक्ष पुर्‍याउन चुनाैति रहेकाे बताउनुभयाे ।

पत्रकार महासंघले निर्वाचन अभिमुखीकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयाे । अभिमुखिकरण कार्यक्रममा पत्रकारले भाेगेका चुनाैतिबारे छलफल र सुरक्षित हुँदै आचारसंहिता पालनामा आग्रह गर्नुभयाे । आचारसंहिता पालना सवै पत्रकारको कर्तव्य भएकाे अध्यक्ष शर्माले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्ने र अरू पत्रकारलाई पनि पालना गराउन लगाएर जिम्मेवार भएर रिपोर्टिङ गर्न आग्रह गर्नुभयाे ।

पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष भरत खड्काले सहि र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले मिथ्या समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका समयमा धेरै उत्तेजित भएर रिपोर्टिङ नगर्न आग्रह गर्नुभयाे । आचारसंहिता पालना गर्दा पत्रकार सुरक्षित हुने उहाँले बताउनुभयाे ।

अभिमुखीकरण कार्यक्रममा काेशी प्रदेशका तीन दर्जनबढी पत्रकारकाे सहभगिता रहेकाे छ । सहजीकरण महासंघ अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गर्नुभएकाे छ ।