विराटनगर ७ फागुन । कोशी प्रदेशको मख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र वलिदानवाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागि सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्ने वताउनुभएको छ ।
उहाँले नेपालको संविधानमाथी अहिले विभिन्न तवरले प्रहारगर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्वपुर्ण दिनमा नेपालको लोकतान्त्रिक संविधान र प्रजातन्त्रलाई जोगाउन सवैले साझा सकल्पन गर्नुपर्ने आवश्यता औल्याउनुभयो ।
७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आज विहान आयोजित कार्यक्रममा मुख्यमन्त्री काकीृले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले अहिले भावना र उत्तेजना वहकिने भन्दापनि विवेकपुर्ण निर्णय र सोच विचार गरेर अघि वढनु आवश्यक रहेको वताउनुभयो ।
समुन्नत समाजको निमार्णमा आजको दिनले प्रेरणा मिलोस भन्नुुहुदै मुख्यमन्त्री कार्कीले मुलुकको शासन व्यवस्था र मुलुकको सार्वभोमसत्ता र क्षेत्रिय अखण्डता लाई वचाई राख्न हामिले महत्वपुर्ण योगदान गर्ने वेला आएको वताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट निकालिएको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमागर्दै जन–आन्दोलन चौकमाा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा कोशी प्रदेशका मन्त्री, प्रदेससभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
