विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार

विराटनगर ६ फागुन । विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार गरिएको छ ।

मंगलबार साँझ नेपाल भारत सीमा क्षेत्र रानिवाट काममा लगाईदिने भनी मधेश प्रदेशको सप्तरी जिल्लाका ९ देखि १४ वर्ष उमेरका ९ जना बालकहरूलाई भारत तर्फ लैजादै गर्दा सिमानाकामा कार्यरत साना हात नेपालको सहकार्यमा उद्वार गरिएको थियो । उद्धार गरिएका बालकहरुलाई ईलाका प्रहरी कार्यालय रानीवाट बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरलाई आवश्यक संरक्षण र परिवार खोजि तथा पुनस्थापनाका लागि पठाईएको थियो ।

समन्वय केन्द्र १०४ विराटनगरवाट बालहेल्पलाईन सेवा १०९८ मोरङ र सुनसरीमा अस्थायी संरक्षण सहित आज परिवारमा पु्नस्र्थापना गरिएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरि बुधबार (आज) विहान ७ वजे विराटनगर महानगरपालिका वडा नं. १ स्थित भट्टाचोकमा वेवारिसे अवस्थामा स्थानीयले एक बालिका फेला पारेका छन् ।बालिकालाई बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले उद्वार गरि अस्थायी संरक्षण प्रदान गरिएको समन्वय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।