एमाले उम्मेदवार घिमिरेद्वारा ३३ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर १ फागुन । नेकपा एमाले माेरङ क्षेत्र नं ४ का उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रका ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएकाे छ ।

विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएकाे हाे ।

माेरङका एमालेका ६ जना उम्मेदवार मध्ये प्रतिबद्धता पत्र सार्वजनिक गर्नेमा उहाँ पहिलो हुनुहुन्छ ।

प्रतिबद्धताहरू

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन कानून निर्माणमा पहल गरिनेछ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वनमा जोड दिनेछु।

भाद्र २३ र २४ गतेका दिन ध्वस्त भएका संरचना पुननिर्माण गर्न पहल गर्नेछु।

कटहरी, ग्रामथान र बेलबारीका ग्रामिण क्षेत्रहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजारको प्रबन्ध गरिनेछ।

ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापनाको लागि पहल गर्नेछु।

मोरङ, सुनसरी र झापाकै गौरबको तमोर-चिसाङ डाइभर्सन परियोजना सञ्चालन गर्न पहल गरिनेछ।

तत्काल सिचाइँको लागि आवश्यकता अनुसार डीप बोरिङको प्रबन्ध गर्न पहल गर्नेछु।

किसानले विऊबिजन, मलखाद समयमा नै नपाउने अवस्थाको अन्त्य गर्नेछु।

सिंधिया नदीको घिनाघाटदेखि जतुवा खण्डसम्मको भूभागलाई सौन्दर्यकरण गरी पर्यटन केन्द्रको रुपमा विकास गर्नेछु ।

बेलबारीको धनपालथान तथा कटहरीको बालुघाट, ग्रामथानको बजरंगबलीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ।

विराटनगरमा आइटी हब बनाई युवा रोजगारी सृजनाको लागि पहल गरिने छ।

रोजगार बैंकको अबधारणा कार्यान्वयनमा जोड दिइने छ।

श्रम बजारको आवश्यता बुझी युवा पुस्ता लक्षित प्राविधिक सिपमुलक तालिम सञ्चलन गरिनेछ।

बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० बेडको अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिनेछ ।

प्रदेश र संघिय सरकारसँग समन्वय गरी सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।

वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालनमा गरिने छ।

ग्रामथानमा जेष्ठ नागरिक ग्राम निर्माण कार्यलाई अघि बढाउन पहल गरिने छ।

जनता आवास कार्यक्रम मार्फत घरवारबिहिनहरूलाई बसोबासको प्रबन्ध गरिने छ।

ग्रामथानमा सडियो धामीको नाममा थारु संग्रहालय तथा होमस्टे निर्माण गर्न पहल गरिनेछ।

अब्यबस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासी समस्याको समाधानको लागि जग्गा धनीपुर्जा वितरण गर्न पहल गरिने छ।

अधुरो रहेको विराटनगर रिङ्गरोडको निर्माण कार्य सम्पन्न गरि सञ्चालन गर्न पहल गरिनेछ।

नेताचोक, कसेनी हुँदै केरौनजाने नहरको बाटो कालोपत्रे गर्न पहल गरिनेछ।

नयाँ बजार-भौडाहा-थलाहा-मोतीपुर हुँदै बेलबारी जाने बाटो निर्माणका लागि पहल गरिनेछ।

सिंघिया, लोहन्द्रा र चिसांग खोलाको कटान क्षेत्रमा तटबन्धको प्रबन्ध गरिनेछ ।

बाँतर, सतार, मुसहर, झागड, बातर, मुस्लिम, लगायत सिमान्तकृतहरूको भाषा, संस्कृतिको सरक्षण गरिनेछ।

कटहरीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहीसम्म रेलसेवा सञ्चालन गरिनेछ।

बेलबारी वडा नं. ५ र ६ जोड्ने झोलुङ्गे पुल निर्माण गरिने छ।

विराटनगर, कटहरी, ग्रामयान र बेलबारीका डुवान हुने क्षेत्रहरूमा बाढी निकासको यथोचित प्रबन्ध गरिनेछ ।

वर्तमान सरकारले स्वास्थ बिमा वापत प्रदान गर्दै आएको सुबिधा कटौती गरि रु. २५ हजार निर्धारण गरेकोमा पून रु एक लाख नै कायम गरिने छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई श्रमिकहरुको हितको रक्षा गरिनेछ।

स्वदेशी उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न लागनीमैत्री वातावरण तयार गरी वैदेशिक लगानी भित्र्याउन पहल गरिनेछ।

स्रष्टाहरूको सम्मानमा विशेष कार्यक्रमहरू सञ्चालनका लागि पहल गरिनेछ।

सामुदायिक तथा संस्थागत बिद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको नीतिगत ब्यबस्था गरिनेछ।