विराटनगर २८ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ– मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका विनोद ढकालले क्षेत्रका मतदाता भेट्ने र सुझाव लिने अभियानलाई तिब्रता दिनुभएको छ ।
निर्वाचन आचारसंहिताले प्रचार प्रसारको काम मंसिर ४ बाट मात्र गर्ने तय भएकाले अहिले मतदातासँग सुझाव लिईरहनु भएको हो । ढकालले बुधबार विराटनगर–१२ का मतदातालाई भेट्न जाँदै गर्दा कार्यकर्ता भने निकै उत्साही देखिएका थिए । नेकपा एमालेमा देखिएको एकता र जनताले चाहेको परिवर्तनको वाहकको रुपमा ढकाललाई जनताले बुझेको उनीहरुको भनाई छ ।
विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी नविनले भन्नुभयो,‘मोरङ– ६ का जनताको रोजाईमा विनोद ढकाल नै पेर्न बताउनुभयो । त्यसो त नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले मोरङ– ६ मा मात्र नभई जिल्लामा नै विगतको भन्दा राम्रो परिणाम आउने दावी गर्नुभयो ।
नेकपा एमालेका प्रभावशाली नेताका रुपमा चिनिने ढकाललाई मतदाताले समेत अवसरको सहि सदुपयोग गर्नुहोला भन्ने सुझाव दिने गरेको ढकालसँगै चुनावी अभियानमा हिडेका नविन पहाडीले बताउनुभयो ।