विराटनगर २४ माघ । विराटनगर ५ को बालसंसार इङ्लिस स्कुलले एक दिने विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । स्कुलले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आईरहेको छ ।
विद्यार्थीमा रहेका कला र सिर्जना प्रस्तुत गर्ने उद्देश्यले नियमित रुपमा प्रदर्शनी कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । स्कुलमा अध्ययनरत सवै विद्यार्थीको सहभागितामा प्रदर्शनी कार्यक्रम गरिएको उहाँले बताृउनुभयो । विद्यार्थीले प्रदर्शनीमा तयार गरेका सामग्रीको अभिभावक, विद्यार्थी, शिक्षकहरुले अवलोकन गरेका थिए ।
विद्यार्थी अभिभावकहरुले अवलोकन गरि मूल्यांकन गरेका थिए । मूल्यांकनका आधारमा उत्कृष्टलाई विद्यालयले पुरस्कृत पनि गर्दै आएको छ ।
विद्यार्थीलाई अध्ययनसँगै हरेक गतिविधिमा अब्बल बनाउने उद्देश्यले स्कुलले नियमित रुपमा अतिरिक्त कार्यक्रम, खेलकुद, अध्ययन अवलोकनका कार्यक्रम गर्दै आएको प्रिन्सीपल राईले बताउनुभयो ।
