पूर्वाञ्चल विश्वविद्यालयले अन्तरराष्ट्रिय सम्मेलन गर्ने

विराटनगर १२ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोश्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन ( पियु आईकन) गर्ने भएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन आगामी माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिकालगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

सम्मेलनका संयोजक एवं विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिन प्राडा भोलानाथ शर्मा घिमिरेका अनुसार १५० सहभागीले आफ्नो अध्ययन–अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका विषयमा छलफल हुने उहाँले बताउनुभयो । उहाँका अनुार सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रहरुबाट विश्वविद्यालयले भविष्यमा विश्वविद्यालय अन्तर्गत रहने गरी अध्ययनरअनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमले देशको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधी लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास विश्व विद्यालयको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष पहिलो संस्करणको अन्र्तराष्ट्रिय सम्मलेन विराटनगरमा आयोजना गरेको थियो ।