राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशद्धारा पूर्व कर्मचारी र कृषक संस्था सम्मानित

विराटनगर १० माघ । राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेश कार्यालयले ६१ औं स्थापना दिवसको अवसरमा एक पूर्व कर्मचारी र एक कृषक संस्थालाई सम्मानित गरेको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा पूर्वकर्मचारी ज्येष्ठ सदस्य देवेन्द्रबहादुर श्रेष्ठ र कृषक संस्था विराट बायोटेक इण्डष्ट्रिज प्रालि ग्रामथान–१ मोरङलाई सम्मानित गरेको छ । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलसँग सम्वन्धित कार्यक्रमका विजताहरुलाई पनि सम्मानित गरिएको छ ।

हण्डिफोरका विजेताहरु पुरुष तर्फ प्रविणराज पोखरेल र महिला तर्फ शिखा गौतम, म्युजिकल चेयरको पुरुष तर्फ कमलकुमार साह र महिला तर्फ टीकादेवी वस्नेत र फुटवल खेलमा विजयी युनियन टिमलाई पुरस्कार वितरण गरिएको थियो ।

कोशी प्रादेशिक कार्यालयका प्रवन्धक हेमराज खरेलको सभापतित्व, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा राष्ट्रिय वाणिज्य वैंकका पूर्व सञ्चालक नारायणप्रसाद रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरका उपनिर्देशक खिलराज श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत जीवराज निरौला, राष्ट्रिय वाणिज्य वैंकका पूर्व नायव महाप्रवन्धक सुरेन्द्र बजिमय, कर्मचारी संघ कोशी प्रदेशका कार्यवहाक अध्यक्ष प्रेमबहादुर धिमाल, वित्तिय कर्मचारी संघ कोशी प्रदेशका सचिव सागर निरौला, नेपाल राष्ट्रिय कर्मचारी संगठन कोशी प्रदेश अध्यक्ष कमला पौडेलको सहभागिता रहेको रहेको थियो ।

स्थापना दिवसको अवसरमा प्रादेशिक कार्यालयले माघ ६ गते विराटनगर शाखामा रक्तदान कार्यक्रम गरेको थियो । सो कार्यक्रममा ६९ जनाले रक्तदान गरेका थिए । यसैगरि माघ ८ गते पोखरीया मावि विराटनगरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।