विराटनगर ५ माघ । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्र उम्मेदवारहरूका लागि मनाेनयन पूर्व पार्टीको (आधिकारिक पत्र) टिकट वितरण गरेकाे छ ।
६ वटै क्षेत्रका उम्मेदवारकाे नाम आइतबार फाइनल भएकाे थियाे ।
साेमबार विहान पार्टी कार्यालय पाञ्चाली एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले उम्मेदवारलाई विजयकाे शुभकामना दिँदै टिकट वितरण गर्नु भएकाे थियाे ।
एमालले मोरङ क्षेत्र नं १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरन राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधि सभा सदस्यकाे भाेलि मंगलबार मनाेनयन दर्ता हुदैछ ।