माेरङ २ मा बगडियाद्वारा चुनावी अभियान शुरू

विराटनगर ४ माघ । एमालेबाट माेरङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टुंगो लागे लगतै दिलिप बगडियाले चुनावी अभियान शुरू गर्नु भएकाे छ ।

साेही क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पाेखरेलसँगकाे तस्बिर सामाजिक सञ्जालमा राख्दै अभियान शुरू भएकाे बताउनु भएकाे छ ।

माघ ६ गते मनाेनयन अघि मतदाता भेटघाट शुरू गरिएको एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले बताउनुभयाे ।

रंगेली नगरपालिकाकाे नगर प्रमुख समेत रहनु भएका अग्रवाल २०७४ र ०७९ मा रंगेलीबाट निर्वाचित हुनु भएकाे थियाे ।

माेरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये ५ र ६ बाहेकका क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएकाे छ ।

माेरङ १ मा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, ३ मा पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलिप राई, ४ मा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवन घिमिरेकाे उम्मेदवारी फाईनल भएकाे छ ।