भाेजपुरकाे षडानन्द नगरपालिकाद्वारा ७ जना सम्मानित

भाेजपुर १ माघ । भाेजपुरकाे षडानन्द नगरपालिकाले चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरकाे छ ।

सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई, प्रदिप भण्डारी र दिपिका राई , पत्रकारहरू अन्नपूर्ण पाेष्ट काेशी प्रदेश प्रमुख तथा मुलुकी खवरका सम्पादक किशाेर बुढाथोकी, बीएफएम तथा अरूण खवरका सम्पादक नेत्र पी अधिकारी र पत्रकार माेहन तामाङ रहेका छन् ।

उनीहरूलाई नगर उपप्रमुख प्रमिला राई लगायतले सम्मानित गर्नु भएकाे थियाे ।

चाैथाे राष्ट्रिय जैविक विविधता दिवसकाे अवसरमा नगरपालिकाले बीउ बैंककाे स्थापना, प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रम आयोजना गरेकाे थियाे ।