विराटनगर २९ पुस । मोरङको रङ्गेली नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको अनुगमन शुरु गरेको छ । अहिलेसम्म २१ व्टा विद्यालयको अनुगमन भईसकेको छ ।
शिक्षा क्षेत्रका विज्ञ टोली बनाएर रंगेली नगरपालिकाले विद्यालय अनुगमन शुरु गरेको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा लामो समय कार्य गर्नुभएका अवकास प्राप्त शिक्षा सेवा अन्र्तगत आठौं तहका वलराम पराजुली र अवकास प्राप्त माशि शिक्षक नारदप्रसाद लुइँटेललाई विद्यालय अनुगमन गरि प्रतिवेदन बुझाउने गरि नगरपालिकाले जिम्मेवारी दिएको छ ।
विज्ञ टोलीले शैक्षिक सुधार, भौतिक अवस्था, विद्यार्थीको नियमित उपस्थिति, खानेपानी, शौचालय, विद्युतको व्यवस्था, विज्ञान प्रयोगशाला, शिक्षक दरबन्दी लगायतका सूचक बनाएर नियमित अनुगमन गरिरहेको छ ।
रङ्गेली नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि निकै महत्व दिएकाले अनुगमनबाट प्राप्त जानकारीलाई जस्ताको तस्तै नगरपालिकामा पेश गर्ने र नगरपालिकाद्वारा समस्याहरू समाधान गर्नको लागि पहल गर्ने प्रतिबद्धता टोलीका संयोजक बलाराम पराजुलीले बताउनुभयो ।
रंगेली नगरपालिकालाई शिक्षा क्षेत्रको विकासको लागि र गुणस्तरीय शिक्षाका निम्ति नमुना नगरपालिका बनाउने उद्देश्यले अनुगमन टोली खटिएको बताइएको छ ।
सोमबार अनुगमन टोली रंगली नगरपालिका १ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ६ घण्टा निरीक्षण पश्चात विद्यालयमा देखिएका समस्याहरू नगरपालिकालाई जानकारी गराइने तथा समाधानका निम्ति अनुरोध गर्ने टोलीले बताएको छ ।