महासंघ पूर्वअध्यक्ष दाहालको निधनमा शोक व्यक्त

विराटनगर २८ पुस । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष होमनाथ दाहालको निधनमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले शाेक सभा गरेकाे छ ।

आइतबार महासंघ काेशी प्रदेश कार्यालयमा उहाँको तस्वीरमा पुष्प अर्पण गर्दै शोक व्यक्त गरिएको हो ।

शाेक सभामा महासंघ काेशी प्रदेश उपाध्यक्ष कुमाेद अधिकारी, महासचिव हिमा चेम्जोङ, पत्रकार महासंघ माेरङका पूर्व अध्यक्षहरू माेहन भण्डारी, यज्ञ शर्मा, शिवबहादुर कार्की लगायत पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

विसं १९९८ साल कात्तिक २५ गते ओखलढुंगाको वरुणेश्वरमा जन्मिएका वरिष्ठ पत्रकार दाहालको ८४ वर्षको उमेरमा गत शनिबार निधन भएको हो।

तत्कालीन नेपाल पत्रकार संघको २०४९ सालमा विराटनगरमा सम्पन्न १६ औ महाधिवेशनमा दाहाल सभापतिमा निर्वाचित हुनु भएकाे थियाे ।

विसं २०५६ सालको निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भइ उनी २०५९ सालमा मन्त्री पनि भएका थिए। नेपालको पत्रकारितासँगै राजनीतिमा पनि उनको योगदान उल्लेख्य रहेको छ ।