मोरङमा ८८८ वटा मतदान केन्द्र कायम

विराटनगर २५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा ८ सय ८८ मतदान केन्द्र कायम गरिएको छ ।

६ वटा निर्वाचन क्षेत्रका लागि ३०६ मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिनुभयो । मोरङमा नयाँ मतदाताको संख्या ४१ हजार दुईसय ९५ छ ।

मोरङमा ३ लाख ९९ हजार ६ सय ८६ पुरुष र ३ लाख ८३ हजार ३ सय ५७ महिला मतदाता छन । २०७९ प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दा ४१ हजार २९५ मतदाता बढेका छन् ।

निर्वाचन कार्यालयका कर्मचारीहरू बिदाको समयमा समेत निर्वाचन सम्बन्धी काममा खटिएको सूचना अधिकारीले बताएका छन् ।

एक मतदान केन्द्र बराबर एकजना मतदान अधिकृत एकजना सहायक मतदान अधिकृत तीनजना कर्मचारी र एकजना कार्यालय सहयोगी रहनेछन ।