एमाले विराटनगर ४ द्वारा ७५ बालबालिकाका लागि न्यानाे कपडा हस्तान्तरण

विराटनगर १९ पुस । नेकपा एमाले विराटनगर ४ ले बालबालिकालाई न्यानाे कपडा हस्तान्तरण गरेकाे छ ।

विराटनगर ४ खार्जी स्थित ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत ७५ बालबालिकाका लागि विद्यालयको लोगो अंकित ट्याकसुट एमाले माेरङ उपाध्यक्ष सागर थापाकाे प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएकाे वडा कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयाे ।

वडा कमिटी अध्यक्ष काफ्ले, एमाले माेरङ उपाध्यक्ष सागर थापा, सचिव साेमराज थापा, महानगर कमिटी अध्यक्ष वलराम गिरी, एमाले नेता गणेशराज लुईटेल, यूवराज बराल , राजन दाहाल , रीता न्यौपाने, सरिता नेपाल , तुलसीप्रसाद घिमिरेकाे ब्यक्तिगत सहयाेगमा न्यानो कपडा खरिद गरिएको बताइएकाे छ।

विद्यार्थीलाई आइतबार वितरण गर्नेगरि प्रधानाध्यापक वेदनाथ भट्टराईलाई न्यानाे कपडा, चकलेट र विस्कुट हस्तान्तरण गरिएकाे वडा कमिटी अध्यक्ष काफ्लेले बताउनुभयो ।

अध्यक्ष काफ्लेले यसअघि गत असारमा आफ्नाे जन्मदिनको अवसरमा साेही विद्यालयमा खाध्यान्न हस्तान्तरण गर्नु भएकाे थियाे।

एमाले विराटनगर ४ काे अध्यक्षमा काफ्ले आएदेखि साे वडामा एमालेका राजनीतिक तथा सामाजिक गतिविधिहरूले तीव्रता पाएकाे छ ।