विराटनगर १६ पुस । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको विभागीय प्रमुखमा उपप्राध्यापक रामचन्द्र अधिकारी नियुक्त हुनु भएको छ ।
डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको पदगत बरिष्ठताका आधारमा विभागीय प्रमुखमा अधिकारीलाई नियुक्त गरिएको हो । प्रमुखको कार्यकाल तीन वर्षको हुन्छ । विभागीय प्रमुख पुष्पाकुमारी मिश्र अनिवार्य अवकासमा गएपछि सो पद रिक्त रहेको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राणीशास्त्रमा स्नातकोत्तरको तीनवटा क्याम्पसमा मात्रै पठन पाठनमा हुँदै आएको छ । जसमा डिग्री क्याम्पस विराटनगर, केन्द्रीय क्याम्पस र अस्कल रहेका छन् ।
उपप्राध्यापक अधिकारीले विद्यावारिधिका लागि ‘बाँदर’का विषयमा अनुसन्धान गरिरहनु भएको छ ।