विराटनगर १५ पुस । दुलाल बन्धु सेवा समाज मोरङको तेस्रो साधारण सभाले आगामी तीन वर्षको लागि शिवप्रसाद दुलालको अध्यक्षतामा १३ सदस्य दुलाल बन्धु सेवा समाज मोरङ सर्वसम्मत चयन गरेको छ ।
मङ्गलबार सुन्दरहरैचामा आयाजित तेश्रो साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको महिला उपाध्यक्षमा भूमिका दुलाल, पुरुष उपाध्यक्षमा जयप्रसाद दुलाल, सचिवमा ज्ञानु दुलाल सहसचिव कमल दुलाल र कोषाध्यक्षमा देवीप्रसाद दुलाल रहनु भएको छ ।
सदस्यहरूमा नेत्रकुमारी दुलाल, कमला दुलाल, युवराज दुलाल, देवनारायण दुलाल, गोकुलचन्द्र दुलाल र उर्मिला दुलाल चयन हुनु भएको छ ।
सल्लाहकारमा गणेशप्रसाद दुलाल सर्वसम्मत चयन हुनुभयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले बन्धु समाजको एकतालाई युगो युगसम्म राख्न र समाजसेवामा बन्धुहरूले अगाडि बढ्ने काम भएमा राम्रो हुने बताउनुभयो ।