एमाले मोरङद्धारा गुरु बराल सहित २८ जनाको नाम प्रतिनिधिसभाको समानुपातिकका लागि सिफारिस

विराटनगर, १० पुस । नेकपा एमाले मोरङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेद्वारका लागि दुई दर्जन भन्दा बढीको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । विभिन्न क्लष्टरबाट २८ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाईएको हो ।

समानुपातिकको खुल्ला तर्फ एमालेका निवर्तमान उपाध्यक्ष गुरु बराल, मोरङ जिल्ला कमिटीका पूर्वअध्यक्ष नरेश पोखरेल, बाबुराम कार्की र हरि घिमिरेको नाम सिफारिस भएको छ ।

महिला तर्फ उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मी भण्डारी, सरस्वती खरेल, विमला घिमिरे र अञ्जु उपाध्याय लगायतको नाम रहेको छ । आदिवासी ÷जनजाती तर्फ ज्ञानेश्वर राजवंशी, भूवन सिंह राई, भूराज राई र इर्जालाल राजवंशीको नाम सिफारिस भएको छ ।

जनजाति÷आदिवासी महिला तर्फ धना तामाङ, शान्ति लिम्बु, थारु खुल्ला तर्फ सत्यनारायण चौधरी, थारु महिलामा किरण चौधरी, मधेशी खुल्ला रामलाल साह र रुपनारायण मिश्रको नाम सिफारिस भएको छ ।

अल्पसख्यक खुल्ला लुखिराम हस्दा, अल्पसख्यक महिला अनिता सोरेन, मुस्लिम खुल्लामा मो नूरहसन मिया, ईमाम हैदर र हसन इमाम बक्सको नाम सिफारिस भएको छ ।

मुस्लिम महिला मञ्जिता खातुन, दलित खुल्ला मोहनलाल सरदार, जितनारायण सरदार, डिल्ली विश्वकर्मा, दलित महिला गिता शिखाको नाम सिफारिस भएको एमाले मोरङले जनाएको छ ।

एमालेले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि कुनैपनि मापदण्ड बनाएको छैन ।