विराटनगर १० मंसिर । कोशी प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलको सरुवा भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको छ । पौडेल कोशी प्रदेशको पहिलो महिला प्रमुख सचिव हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै सो मन्त्रालयले पनि पहिलो पटक महिला सचिवको नेतृत्व पाएको छ ।
मन्त्रालयको प्रशासनिक जिम्मेवारी पहिलो पटक महिलालाई दिइएको हो । उनी गत वैशाखमा सचिवमा बढुवा भएकी थिइन् । उनी संघीय मन्त्रालयको ४१ औ सचिव बनेकी छन् ।