साना किसान सिजुवाद्वारा व्यवस्थापन हस्तान्तरण

विराटनगर ८ मंसिर । साना किसान सहकारी संस्थाले व्यवस्थापन तथा दायित्व हस्तान्तरण सम्पन्न गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवाको व्यवस्थापन हस्तान्तरण गरिएको छ ।

संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ सिजुवाले रतुवामाई–३ को वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच साना किसान कृषि सहकारी संस्था लिमिटेडको सवै व्यवस्थापन र दायित्व हस्तान्तरण गरिएको हो । सो संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ रहेको छ । सो अवसरमा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंहले मुलुकको कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ठूलो रहेको बताउँदै सहकारी विना समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सिंहले साना किसान कृषि सहकारी संस्था लिमिटेड रतुवामाई–३ महादेवाको प्रमाणपत्र वितरण गर्दै व्यवस्थापन हस्तान्तरण गरे । यस अघि उक्त संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ मोरङको मातहत रहेको थियो । अब उक्त संस्था शनिबारदेखी औपचारिक रुपमा स्वायत्त संस्थाको रुपमा काम गर्ने प्रवद्र्धक संस्थाका मुख्य प्रवन्धक ऋषिकुमार ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, साना किसान सहकारी संस्था लिमिटेड महादेवा र सानाकिसान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय इटहरी बीच भएको त्रिपक्षीय सम्झौता समेत हस्तान्तरण गरिएको छ । उक्त सम्झौताको फायल साना किसान सहकारी संस्था लिमिटेड सिजुवाका अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड रतुवामाई–३ महादेवाका अध्यक्ष शुशिलादेवी ताजपुरिया र साना किसान विकास लघुवित्त वित्तिय संस्था शाखा कार्यालय इटहरीका प्रवन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड ललितपुरका उपाध्यक्ष मीना ढकाल, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड ललितपुरका सञ्चालक तथा कोशी प्रदेश अध्यक्ष खगेन्द्रराज भण्डारी, वडाध्यक्ष देवीलाल ताजपुरिया, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धान सुपरजोन मोरङका संयोजक मेघनाथ शर्मा, रतुवामाई नगरपालिकाका सहकारी प्रमुख महेन्द्र ठाकुर, स्थानीय जनप्रतिनिधि, सहकारीका शेयर सदस्यलगायतको उपस्थिती रहेको थियो ।

साना किसान सहकारी संस्था लिमिटेड सिजुवाका अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड रतुवामाई–३ महादेवाका अध्यक्ष शुशिलादेवी ताजपुरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम साना किसान सहकारी संस्था लिमिटेड सिजुवाका मुख्य प्रवन्धक ऋषिकुमार ढकालले सञ्चालन गरेका थिए ।