एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ग्रीनल्याण्ड कलेजका विद्यार्थी भन्छन्– सफलतामा पुग्न हिम्मत हार्नु भएन

विराटनगर– विराटनगरको ग्रीनल्याण्ड कलेज अध्ययन गरेकी स्मृति खाँले गत वर्ष एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सकिनन् । उनको पहिलो प्रयास असफल भयो । तर, उनलाई त्यतिकैमा रोकिन मन लागेन । फेरि प्रयास गर्ने अठोट लिईन् ।

गत वर्षको असफलतालाई यस वर्ष सफलतामा पुर्याईन् । दोश्रो प्रयासमा उनले छात्रा तर्फ ५१ औं नम्वरमा नाम निकालिन् । उनको खुशीको सीमा रहेन ।

दैनिक १० घण्टा अध्ययन गर्ने गरेको खाँको भनाई छ । लक्ष्यमा पुग्न निरन्तर अभ्यास गरेको उनले अनुभव सुनाईन । उनले भनिन्,‘ एमबीबीएसमा यसअघि नाम निकाल्ने सिनियर दिदीहरुको प्रेरणाले पनि मलाई सफलतामा पुग्न निरन्तर लाग्न अभिप्रेरित गर्यो ।’ कलेजको पठनपाठनको राम्रो वातावरणले पनि अध्ययनमा सँधै उत्प्रेरित गरेको उनको भनाई छ ।

काब्या यादवले दोश्रो प्रयासमा पूर्ण छात्रबृत्तिमा नाम निकालिन् । २५९ नम्वरमा नाम निकाल्न सफल भएकी उनले सवै मानिस एकै पटकमा सफल नहुने बताईन । दोश्रो प्रयासमा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेकी उनले फेल हुने वित्तिकै निरास भईहाल्ने गर्नु नहुने बताईन् । उनले भनिन्,‘ सवै जना स्मुथ्ली हुँदैनन् । पहिलो पटक भएन, दोश्रो पटक भएन हिम्मत हार्नु भएन ।’

परिवारको साथ सपोर्ट हुनु पर्ने उनले बताईन् । यादवले भनिन्,‘कति साथीहरु कति समय लस गर्ने भन्ने पनि हुनुहुन्छ तर मलाई लक्ष्यमा पुग्न जति समय लागेपनि तयार थिएँ ।’

एमबीबीएसको पूर्ण छात्रबृत्तिमा पहिलो प्रयासमै सफलता हासिल गरेका अभिषेक मण्डलको अनुभव बेग्लै छ ।

कक्षामा सरले पठाएको समयमा राम्रोसँग ध्यान दिने गरेको र दैनिक १० घण्टा राम्रोसँग अध्ययन गर्दा सफलता मिलेको उनले बताए । १०४ नम्वरमा नाम निकालेका उनले पूर्णछात्रबृत्तिमा एमबीबीएस अध्ययन गर्ने लक्ष्य लिएकाले पहिलो प्रयास असफल भएपनि पुन : प्रयास गर्ने सोचेको बताए ।

ग्रीनल्याण्ड कलेजबाट यस वर्ष ३ जनाले पूर्ण छात्रबृत्तिमा नाम निकालेको प्रिन्सीपल दिनेश दाहालले बताए । संख्यामा ३ जना भएपनि विद्यार्थी भर्नाको अनुपातमा ग्रिनल्याण्डले राम्रो नतिजा निकालेको उनको भनाई छ ।

प्रिन्सीपल दाहालले भने,‘ विगतका वर्षहरुमा ८–१० जना विद्यार्थीले पूर्ण छात्रबृत्तिमा नाम निकाल्ने गरेका थिए । मेहनत गर्नेहरु सफलताको शिखरमा पुग्ने उनले बताए । विद्यार्थी लगनशिल भए सफलताको शिखरमा पुर्याउने काम ग्रीनल्याण्डले गर्ने प्रिन्सीपल दाहालको भनाई छ । ग्रीनल्याण्डले गुणस्तरिय शिक्षा दिएकै कारण विद्यार्थीको आकर्षण बर्षेनी बढ्दै गएको उनको भनाई छ ।

ग्रीनल्याण्ड कलेजले एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका तीन, बीएससी नर्र्सिङ र वीपीएचमा पूर्ण छात्रबृत्ति पाएका एक र कलेजको आन्तरिक परिक्षामा उत्कृष्ट १२ जना विद्यार्थीलाई सोमबार सम्मान गरेको थियो ।

एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका अभिषेक मण्डल, स्मृति खाँ, काब्या यादव, बीएससी नर्र्सिङ र वीपीएचमा पूर्ण छात्रबृत्ति पाएकी विन्दिया देवी, कक्षा ११ को विज्ञान संकाय तर्फ आन्तरिक परीक्षामा प्रथम हुने विवर्सन सुवेदी, दोस्रो देवानन्द चौधरी र तेश्रो चन्द्रकान्त मण्डल, कक्षा ११ को व्यवस्थापन प्रथम हुने सुदिप शाह, दोश्रो हुने मनिका मण्डल र तेश्रो हुने मेघाकुमारी यादव सम्मानित भएका छन् ।

कक्षा १२ व्यवस्थापन संकाय तर्फ प्रथम हुने भारतीय यादव, दोश्रो हुने ओमप्रकाश यादव र तेश्रो हुने अस्मिताकुमारी गोईत, कक्षा १२ को विज्ञान तर्फ प्रथम हुने दिवाकान्ता झा, दोश्रो हुने धीरज राजवंशी र तेश्रो हुने जितेनकुमार रोयलाई नगद सहित कलेजले सम्मान गरेको जनाएको छ ।