विराटनगर २६ कात्तिक । नेकपा एमाले मोरङले प्रदेशसभा निर्वाचन क्षेत्र बैठकलाई तीव्रता दिएको छ । आज मोरङ ५ (ख) काे बैठक सम्पन्न भएको छ ।
मोरङ ५ ख को प्रथम पुर्ण बैठक आज होटल हयात रानीमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ५(ख) संयोजक दिपककुमार कर्णको अध्यक्षता सम्पन्न भएको हो ।
केन्द्रीय कमिटी सदस्य एवं मोरङ क्षेत्र ५ इन्चार्ज रामलाल साहको प्रमुख आतिथ्यतामा पार्टी जिल्ला कमिटी अध्यक्ष अजंबर राई, जिल्ला कमिटी उपाध्यक्ष सागर थापा लगायत प्रदेश कमिटी सदस्य तीर्थराज घिमिरे महानगर कमिटी सचिव विज्ञान चापागाई लगायत केन्द्रीय कमिटी प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटीले बोल्नु भएको थियो ।
बैठकमा पार्टी केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीको सर्कुलर बमोजिम आगामी कात्तिक २९ गतेको मोटरसाइकल र्याली भव्य रूपले सफल वनाउने निर्णय गरिएको महानगर कमिटी सचिव चापागाईले बताउनुभयो ।