विराटनगर २४ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त हुनु भएको छ । उहाँ काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत हुनुहुन्थ्यो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हाल्नु भएको थियो ।
२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उहाँ प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख रहनु भएको थियो ।