


विराटनगर, २५ असोज । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र र्राईले क्षयरोग नियन्त्रण गर्ने सरकारको लक्ष्य पूरा गर्न सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५ औं जिल्ला सभाको आज विराटनगरमा उद्घाटन गर्दै स्वास्थ्य मन्त्री र्राईले क्षयरोगका कारण वर्षाेनी विरामीहरुको संख्या र मृत्यु बढी रहेकोले यस तर्फ संवेदनशिल हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले सन् २०५० सम्ममा क्षयरोग नियन्त्रण गरिसक्ने लक्ष्य राखेकोले यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।
सो कार्यक्रममा सहभागिहरुले वर्षाेनी ७० हजार नयाँ क्षयरोगी थपिने र त्यस मध्ये ३० हजार क्षयरोगी सम्र्पर्क नै नआउने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो । त्यसमा पनि एक जना क्षयरोगीले १० जनामा क्षयरोग सार्ने गरेको तथ्यांकले क्षयरोग भयावह बन्दै गएको र यसका लागि घरदैलो अनुसंधान शुरु गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।
मुलुकभर वर्षाेनी १७ हजार मान्छे क्षयरोगले मर्ने गरिरहेका छन् । सो जिल्ला सभामा नेपाल क्षयरोग निवारण संस्थामा उत्कृष्ट काम गर्ने दुई जना कर्मचारीलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

