


विराटनगर १२ असोज । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौं २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सवारी साधन र अन्य सामग्री जलेर ध्वस्त भएको थियो । कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको चाबी हस्तान्त्रण गर्नुभयोे ।
राठीले मोरङ प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकको चाबी हस्तान्त्रण गर्नुभयोे । आगलागीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सेवा प्रवाहलाई सहज बनाउनका लागि सहयोग गरेको अध्यक्ष राठीले बताउनुभयो ।

