
विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरि बास सँग भेट गरेको छ ।
विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो हो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, नेपालमा उद्यमशीलताको विकासमा प्रविधिको भूमिका तथा यसको उपयोगबारे राजदूतसँग जिज्ञासा राखेका थिए ।
सो अवसरमा राजदूत एरिले मंचको टोलीलाई धन्यवाद दिँदै नेपाल–इजरायल सम्बन्धलाई अझ प्रगाढ बनाउन सकारात्मक पहल गर्ने बताएको विराटनगर च्याप्टरका लर्निंग चेयर सागर राज ढुंगानाले जानकारी दिनुभयो ।
राजदुतसंगको भेटले दुवै पक्षबीच आगामी दिनमा उद्यमशीलता, प्रविधि र नवप्रवर्तन (इनोभेशन) का क्षेत्रमा सहकार्य गर्ने सम्भावना बढ्ने मंचको विश्वास रहेको ढुंगानाले बताउनुभयो ।