
विराटनगर ८ भदौ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने स्वास्थ्य नीतिको ध्येय रहेको छ ।
६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकले स्वीकृत गरेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले जानकारी दिनुभयो । मन्त्रिपरिषद्बाट स्वीकृत स्वास्थ्य नीति आज वेभसाईड र मन्त्रालयको फेसबुक पेजमा राखिएको सूचना अधिकारी राईले बताउनुभयो ।
स्वास्थ्य नीति अनुशार कोशी प्रदेशमा सर्व सुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु , प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकता अनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु र उपलब्ध जनशक्तिको समेत उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार पर्याप्त र उचित लगानी हुन नसक्नु, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्त अल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीट जन्य रोगको सङ्क्रमण दर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रुपमा रहेको छ ।
स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको छ । कोशी प्रदेश भित्रका विद्यमान, संभावित, उदीयमान, पुन : उदीयमान र स्वास्थ्य चुनौतिहरु समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाईएको जनाईएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्याहरू अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको पाइएको छ । यस सर्वेक्षणका अनुसार, मानसिक रोगको व्यापकता १३.९५, किशोरावस्थामा मानसिक रोग ११.४५, मद्यपानको लत ६.५५,लागू औषधको दुव्र्यसन ०.४५, र आत्महत्याको सोचको व्यापकता १०.६५ रहेको छ ।
https://moh.koshi.gov.np/…/99/state-health-policy–2042/