कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा

विराटनगर ५ भदौ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरले कोशी र मधेश प्रदेशका तीन स्थानमा सेवा विस्तारको तयारी गरेको छ । विराटनगर बाहेक तीन स्थानबाट सेवा विस्तार गर्ने गरि तयारी शुरु भएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

२४ वर्ष पुरा गरि २५ औं वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरि अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले सो जानकारी दिनुभएको हो । तीन स्थानबाट सेवा विस्तार गर्दै ‘चेन अफ हस्पिटल’को रुपमा सुपर स्पेशियालिटी सेवाहरु प्रदान गरिने उहाँले बताउनुभयो । २०५७ साल भदौ २८ गते स्थापन भएको अस्पतालले अहिले २४ प्रकारका वटा सेवा प्रदान गर्दै आएको छ । अस्पताल स्थापनाको २४ वर्षमा २५ लाख बढीलाई सेवाग्राहीहरुलाई सेवा दिईएको, ७ हजार ५ सय वढीको सफल न्युरो सर्जरी, ५ हजार भन्दा बढी मुटु सम्वन्धी प्रोसिड्युर, ६ हजार बढीको हाडजोर्नीको शल्यक्रिया गरिएको भट्टराईले बताउनुभयो ।

पत्रकार सम्मेलनमा भट्टराईले स्वास्थ्य क्षेत्रमा विराटनगरले फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगर मेडिकल हबको रुपमा स्थापित भईसकेको अवस्था छ । मेडिकल हबको एउटा जिम्मेवार भागको रुपमा हामी आफ्नो भूमिकाप्रति सदैव गम्भीर र इमान्दार छौं ।’ अस्पतालले विश्व विख्यात जनरल इलेक्ट्रिक कम्पनीको एमआरआई सेवा र २०८१ साउनबाट नेपालकै पहिलो १२८ स्लाई एआई पावर्ड सिटी स्क्यान मेडिनबाट सेवा दिईरहेको अस्पतालल पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

रजत वर्षको अवसर पारेर अस्पतालले सामाजिक संस्थाका रुपमा तुलासादेवी फाउन्डेसनको स्थापना गरेको र सोही फाउन्डेसनबाट कोशी प्रदेशबाट एक जना उत्कृष्ट नर्स र उत्कृष्ट मेडिकल अफिसरलाई हरेक वर्ष ५१-५१ हजार राशीको पुरस्कारको प्रदान गरिने जनाईएको छ ।

१५० शैयामा सञ्चालित अस्पताललाई २५० शैयामा चाँडै विस्तार गरिने अस्पतालले जनाएको छ ।