
विराटनगर, २४ साउन । आशिर्वाद डेन्टल हस्पिटल विराटनगरले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चालीबाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ ।
हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । उहाँले दन्तपरिक्षण देखि परामर्श सेवा समेत दिन आग्रह गर्नुभयो । धेरै मानिसहरु दाँतको समस्यावाट पिडित भएको अवस्थामा आधुनिक प्रविधिका साथ हस्पिटलहरु स्थापित हुनु गौरवको विषय भएको उहाँले बताउनुभयो ।
प्रमुख कोइराला आफैले दन्तपरिक्षण समेत गराउनु भएको थियो । ४ वटा डेन्टल चेयरवाट एकसाथ सेवा दिइने हस्पिटलका सञ्चालक तथा डि.एच. राजाराम यादवले जानकारी दिनुभयो । वरल क्यामेराद्धारा दातको परिक्षण,आरविजीद्धारा आर.सिटी र दन्तपरिक्षण तथा परामर्श प्रदान गरिने छ ।
सेवाग्राहीलाई सहज र सरल विधिवाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा.भावना यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ सामान्य ज्ञानले पनि दात जोगाउन सकिन्छ । हस्पिटलमा आउने हरेक मानिसलाई सेवाभावका साथ काम गर्छाै ।’