
विराटनगर १७ साउन । नेकपा एमाले विराटनगर महानगरपालिका अन्र्तगतका १४ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार एकै दिन भएको तेश्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्ष सहितको समिति निर्वाचित भएको हो ।
३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो ।
मतदान प्रकृयाबाट विराटनगर १० मा कृष्ण तिम्सीना निर्वाचित हुनु भएको छ । उहाँले महेश मण्डललाई पराजित गर्नुभयो । तिम्सीनाले ४७ र मण्डलले ३६ मत प्राप्त गर्नुभयो । विराटनगर १४ मा सन्तोष शर्मा निर्वाचित हुनुभयो । उहाँले ६२ मत प्राप्त गर्नुभयो । शर्माका निकटतम प्रतिद्धन्द्धी दयाराम महतोले ४३ मत प्राप्त गर्नुभयो । सर्वसम्मत हुन नसकेको वडा नंं ४ मा पनि मतदानबाट नेतृत्व चयन प्रकृया अघि बढेको सचिव शर्माले बताउनुभयो । उहाँका अनुशार २ वटामा अधिवेशन स्थगित भएको छ ।
वडा नं. ७ र ९ मा वडाकमिटी अध्यक्षहरु एक जना अस्वस्थ र एक जना विराटनगर बाहिर भएका कारण अधिवेशन स्थगित भएको सचिव शर्माले बताउनुभयो । स्थगित अधिवेशन साउन २५ गते हुने छ । तेश्रो वडा अधिवेशनबाट वडान नंं १ को वडा कमिटी अध्यक्षमा इश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी निर्वाचित हुनु भएको छ ।
वडा नं. ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज वस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी निर्वाचित हुनु भएको महानगर कमिटीका सचिव शर्माले जानकारी दिनुभयो । वडा कमिटी अध्यक्षहरुमा ९ जना दोहोरिएका छन् ।