
विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राख्नु भएको छ ।
बैठकमा ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतमाथि धारणा राख्ने क्रम चलिरहेको गौतमले बताउनुभयो ।