८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ

विराटनगर, ३ साउन । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ परेका छन् ।

गत माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको पाईएको छ ।

बलात्कार घटना मिलापत्र गराएको थाहा पाएपछि गत असार ३० गते पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा आरोपित पुरीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । उनले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन् ।

जागिरको शिलाशिलामा घरबाहिर रहेको पीडितका बुवा घरमा आएको समयमा बलात्कार घटना मिलापत्र गराएको थाहाभएपछि घटना बाहिरिएको थियो ।