तीन महिनामा विराटनगर महानगरद्धारा १२ करोड राजश्व संकलन

विराटनगर ३० कात्तिक । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको ३ महिनामा करिव १२ करोड राजश्व संकलन गरेको छ । साउन देखि असोज सम्मको अवधिमा आन्तरिक तर्फ ११ करोड ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा […]

कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने

विराटनगर ३० कात्तिक । कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो । बाल अधिकार दिवसको अवसरमा बक्तृत्वकला र निवन्ध प्रतियोगितामा सर्बोत्कृष्ट हुने बालबालिकालाई नगद सहित सम्मान गरिने भएको छ । बाल […]

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै एमाले मोरङले निकाल्यो मोटरसाईकल र्याली

विराटनगर २९ कात्तिक । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै देशभर आज प्रदर्शन गरेको छ । एमाले मोरङले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरेको छ । १७ वटै स्थानीय तहहरुबाट विहान बृहत मोटरसाईकल र्याली निकाल्दै विराटनगर बजारको परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा कार्यक्रम गरिएको थियो । कोणसभा कार्यक्रममा एमाले उपाध्यक्ष गुरु वरालले संसद […]

गुणस्तरिय स्वास्थ्य सेवाका लागि स्थायी जनशक्ति आवस्यक

विराटनगर २९ कात्तिक । स्वास्थ्य सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्ति आवस्यक भएको सरोकारवालाहरुले बताएका छन् । स्थायी जनशक्ति जवाफदेही हुने उनीहरुको भनाई छ । करार सेवामा रहनेहरुको सेवा अवधि टुङ्गो नहुने भएकाले पनि सेवाको गुणस्तरियताका लागि स्थायी जनशक्तिमा जोड दिईएको छ । स्वास्थ्य सेवामा स्थायी जनशक्ति ५० प्रतिशत खाली छ । ठुलो संख्यामा स्थायी जनशक्ति […]

जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोडको क्षति

विराटनगर २८ कात्तिक । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोड ८५ लाखको क्षति भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारको मात्रै ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ क्षति भएको छ । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगै […]