डा. यादवका आफन्तद्धारा न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, २६ चैत । गत चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफन्त तथा स्थानियले विराटनगरमा प्रदर्शन गरेका छन । उनीहरुले डाक्टर यादवको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षले डाक्टर विजय यादव न्याय संघर्ष […]

कविता प्रतियोगितामा कान्तिपुर कलेजकी पोखरेल प्रथम

विराटनगर, २६ चैत । विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपाकरुणा पोखरेल प्रथम भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय […]

प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण

विराटनगर,२६ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराउनुभएको हो । उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र […]

सुनसरीको भण्टाबारीमा रहेको सूचना केन्द्रद्धारा १० हजारलाई सूचना प्रवाह, ११८ जनाको उद्धार, ८ जना विरुद्ध मुद्धा दर्ता

विराटनगर, २५ चैत । सुनसरीको भाण्टाबारीमा रहेको सूचनाकेन्द्र प्रभावकारी बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र साझा सवालका लागि साझा मञ्च (कोकन) को अग्रसरतामा स्थापित सूचना केन्द्रबाट १० हजार ३७८ जनालाई सूचना प्रवाह गरिएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सूचना केन्द्र मार्फत देशका विभिन्न जिल्लाका ११८ जनाको उद्धार गरिएको छ […]

चैत्र २६ गतेदेखि जहदामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट हुने

विराटनगर, २६ चैत । आगामी चैत २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा चैत्र २६ देखि बैशाख ३ गतेसम्म वडास्तरीय क्रिकेट टुर्नामेन्ट हुने भएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले टुर्नामेन्ट बारे जानकारी दिएको […]