भ्रामक सूचना विरुद्ध विराटनगरमा कार्यशाला हुने

विराटनगर १३ मंसिर । भ्रामक-मिथ्या सूचना विरुद्ध विराटनगर कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक-मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो । आगामी मंसिर १४ र १५ गते शिक्षादीप कलेज र अरनिको कलेज विराटनगरमा कार्यशाला गर्न लागिएको आयोजकले बताएको छ […]

बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक : अधिकारकर्मी

विराटनगर १३ मंसिर । सिविन नेपाल आज देखि ३७ औं वर्षमा प्रवेश गरेको छ । ३६ औं बार्षिकोत्सवको अवसरमा सिविन नेपाल कोशी प्रदेश कार्यालय विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरोकारवाला संस्थाहरुले बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक रहेको बताएका छन् । अधिकारकर्मी दिनेश श्रेष्ठले नेपाली बालबालिकाको क्षेत्रमा सिविनले सवैभन्दा महत्वपूर्ण काम गरेको बताउनु […]

कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्चद्धारा १३ बुँदे विराटनगर घोषणा पत्र जारी

विराटनगर १२ मंसिर । कोशी प्रदेश स्तरीय महिलावादी महिला मञ्च (सम्मेलन) १३ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । ‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता भन्ने नारा सहित सोमबारदेखि विराटनगरमा शुरु भएको सम्मेलन आज सकिएको हो । मञ्चले महिला तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको […]

स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नु पर्छ : सामान्य प्रशासन मन्त्री देवी

विराटनगर १२ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नु पर्ने बताउनु भएको छ । सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयद्वारा आज विराटनगरमा आयोजित स्थानीय तहहरुको असल अभ्यास आदान प्रदान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान आधुनिक समयमा प्रविधिको प्रयोग […]

कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमूखीकरण

विराटनगर ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशीप्रदेशका पत्रकारहरुलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा महासंघ कोशीप्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भयो । उहाँले राज्यपुनसंरचनापछि […]