नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा पराजुली

विराटनगर, २३ जेठ । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित हुनु भएको छ ।

उदयपुरको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश कमिटि यस अघी निष्कृय रहेको थियो ।

सो अधिवेशनमा झापाकी भीमा भट्टराई र उदयपुरका फणिन्द्र विकलाई उपाध्यक्ष र सुनसरीका रेवती पोखरेललाई महासचिवमा निर्विरोध निर्वाचित भए । त्यस्तै सचिवमा मोरङका रमेश खतिवडा , झापाका राजु गिरि र ओखलढुंगाका प्रवल घिमिरे निर्वाचित भए भने कोषाध्यक्षमा झापाका ठमेन्द्र पौडेल निर्वाचित भए । अनिल पोखरेल,शंकर आचार्य,तारावीर खड्का,दुर्गावहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, व्यन्जना गुरुङ, कल्याणी राई, पम्फा घले, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनुवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, राम निरौला, तिलक राई र यादवप्रसाद धमाला सदस्यमा निर्वाचित भएका छन् ।

आम कर्मचारीहरुको समसामयिक ३७ वुंदे मागसहित सम्पन्न भएको अधिवेशनमा प्रदेश १ का एमाले निकट ४ सय भन्दा बढी कर्मचारीहरु सहभागि रहेका थिए । अधिवेशनको उद्घाटन एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले गरेका थिए ।