चिशंखुगढी – ५ मा कार्कीको पक्षमा जनलहर

ओखलढुङ्गा वैशाख २४ । ओखलढुङगा जिल्लाको चिशंखुगढी गाउपालिका वडा नं. ५ मा नेपाली काँग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । चुनाव प्रचारका लागि सुरु गरिएको घर दैलो कार्यक्रम अहिले अन्तिम चरणमा पुगको नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्ण बहादुर कार्की बताउँछन् ।
लामो समय शिक्षण पेशामा कार्यरत रही स्थानीय क्षेत्रमा समाज सेवी व्यक्तिको परिचय बनाउन सफल कार्कीको उम्मेद्वारीले उक्त वडामा काँग्रेसको पक्षमा जनमत सिर्जना हुँदै गएको स्थानीय व्यक्ति रामचन्द्र कार्की बताउँछन् ।
सबैसँग समान व्यवहार गर्ने, शिक्षण पेशबाट निवृत भएर पनि गाउँलेको घरदैलोमा पुगेर दुखः सुख बाड्ने काममा निरन्तर लागिरहनु भएकाले पनि कार्कीको जित निश्चित जस्तै भएको रामचन्द्रको भनाइ छ ।
चुनावी घरदैलोमा व्यस्त कार्कीले अरुण खबरसँग छोटो कुरा गर्दै निर्वाचन आफ्नो जित भएमा वडाको विकासका लागि प्रदेश र सङ्घीय सरकार सम्म योजना लिएर जाने, वडाको बजेट पारदर्शी ढङ्गले विनियोजन गर्ने, थुम्की चिसापनीको सड्क पुनः निमार्ण गर्ने, वडामा खाने पानीको व्यवस्थाका लागि एक घर एक धाराको ब्यवस्था गर्ने, चिसापानीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्ने, बेरोजगारहरुको लागी सिपमुलक तालिमको ब्यवस्था गर्ने जस्ता योजनामा आफ्नो ध्यान जाने बताए ।
गाँउपालिका प्रमुख र उपप्रमुखमा नेपाली कागे्रस र ने.क.पा.माओवादी बीच गठबँधन भएपनि वडाहरुमा भने गठबन्धन भएको छैन । गठबन्धन नभए पनि उक्त वडामा नेपाली काग्रेसको प्यालन नै बिजय हासिल गर्ने कार्कीको दाबी छ ।