संविधान संशोधनका लागि वृहत्तर समझदारीको आवश्कता : सभामुख घिमिरे

विराटनगर ७ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले, के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्कताको जरुरी हुने प्रष्ट पार्नुभयो । सभामुख घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको पहल शुरु भैसकेको जानकारी समेत दिनु भयो । उहाँले सङघीयता कार्यान्वयनमा कानुनहरुको अभाव रहेको बताउनु भएको छ ।

सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालन समवन्धी ऐन, शिक्षा ऐन बनाउन सकियो भने संविधान कार्यावन्यमा देखिका समस्या समाधान हुने भएकोले यसतर्फ हाम्रौ ध्यान गैरहेको विचार राख्नु भयो ।

सभामुख घिमिरेले यी विषयमाहरुमा विषयगत समितिहरुमा सांसदहरुले दिनरात नभनी दफावार छलफलमा जुटिरहेकोले संसदको प्रभावकारी आगामी दिनमा देखिने विश्वास जनाउनु भयो । उहाँले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गलो लगाउने विधेयक पास गरेको,बजेट समयमा पास गरेको र सहकारी समस्या समाधान सम्वन्धमा संसदीय विशेष छानवीन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई वुझाएकोले संसदले प्रतिकुलताका विच समयमा काम सम्पन्न गरेको बताउनु भयो ।

एक प्रश्नको जवाफमा सभामुख घिमिरे प्रतिनिधि सभा अहिले अन्त्य भएको पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा जानकारी दिएमात्र पुग्ने भएकोले अहिलेसम्म जानकारी आएको छैन । उहाँले उपसभामुख इन्दिरा रानाका सम्बन्धमा आधिकारिक रुपमा आरोप पुष्टि हुने केही नआएको बताउँदै अनुमानको भरमा केही भन्नु उचित नहुने बताउनु भयो ।