विराटनगर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आफुहरु संविधान संशोधनको विरोधी नभएको बताउनुभएको छ ।
विराटनगर विमान स्थलमा आज बिहान पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधान संशोधनको नाममा लामो बलिदानबाट प्राप्त भएको उलब्धिलाई मास्ने काम सहय नहुने कुरामा जोड दिनुभयो ।
उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक र समावेशी चरित्रलाई संविधानबाट संशोधन गरेर हटाउने कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले शुरु गरेको जनयुद्धबाट नै मधेशी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट पार्नु भयो । उहाँले आफु जालझेल नगर्ने र जालझेल गर्ने प्रवृतिका मानिसलाई सही बाटोमा आउन आग्रह गर्दै नेकपा माओवादी नेतृत्वको सरकार भ्रष्टाचारीलाई कारवाही गर्ने विषयले सत्ता बाहिरिनु परेको यथार्त हो भत्रुभयो ।
अध्यक्ष दाहालले भत्रुभयो, ‘ दुई ठूला दलको गठबन्धनबाट बनेको सरकारका कारण हाम्रो पार्टीलाई संगठन बलियो बनाउन र पुनः निर्माण गर्न अवसर प्राप्त भएको छ ।’ उहाँले जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्दै कुनै राजनीतिक दलसँग गठबन्धन गर्न राजनीतिक एजेण्डामा छलफल भएर मात्र हुने धारणा राख्नु भयो । उहाँले आफूले कसैको अपमान हुने अभिव्यक्त्ति नदिएको र बरु अरुले नै अगाडिबाट निमोठ्ने र पछाडिबाट छुरी हात्रे काम गरेकोमा दुःखी छु भत्रुभयो ।