सरकार नागरिकको सुरक्षाप्रति सम्वेदनशील : मन्त्री अधिकारी

विराटनगर ९ साउन । मोरङको सुनबर्सी नगरपालिका १ केचनामा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ । भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भाडा घरमा रहेको चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील रहेको बताउनु भयो । उहाँले चौकी स्थापनाबाट यस क्षेत्रमा शान्तिसुरक्षा कायम भएर आर्थिक चलायमान हुने विश्वास व्यक्त्त गर्दै आगामी एक बर्षभित्र चौकीलाई स्थायी बनाउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले सुरक्षा चौकी स्थापनाबाट यस क्षेत्रमा राज्यको उपस्थिति रहनुका साथै जनताले सुरक्षाको अनुभूति गर्ने विचार राख्नु भयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले जनताको माग अनुसार अनुसार चौकी स्थापना गरिएको बताउनु भयो ।

सुनसरीबर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी,वडा अध्यक्ष बीरबहादुर राईले र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रण, अपराधीक घटना न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको विचार राखेका छन् । स्थानीयवासीले २०६५ साल देखि चौकी स्थापनाका लागि माग गर्दै आएका थिए ।