प्रदेश सरकारद्धारा बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन

विराटनगर १ साउन । कोशी प्रदेश सरकारले सवारी पटके वाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भएको हो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक वाटो इजाजत राजश्व संकलन केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै यहाँबाट भारतीय सवारी साधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारी साधनको रु एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारी साधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ । केन्द्रले विराटनगरबाट वार्षिक रु ४० देखि ५० करोड राजश्व संकलन गर्ने अनुमान गरेको छ ।

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारी साधनले सहज र सरल रुपमा सेवा प्राप्त गरी सुचारु रुपमा गन्तव्यमा पुग्ने सक्ने बताउनु भयो । उहाँले इजाजतबाट स्वदेशी तथा विदेशी सवारी साधानलाई बोटोमा कुनै किसिमको वाधा, व्यवधान र झण्झट वेहोर्नु नपर्ने विश्वास समेत व्यक्त्त गर्नु भयो ।

मन्त्रालयका निमित्त सचिव विश्वदिप वेस्रा र यातायात सेवा कार्यालय विराटनरका प्रमुख पाक्रम खाँले केन्द्रको स्थापनाबाट सरोकारवालाहरुलाई प्रदेशभरी सहज रुपमा सवारी सञ्चालन हुने विचार राख्नु भयो ।