विराटनगर ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
पाँचथरको फिदिममा आयोजित समृद्धिको लागि संकल्प यात्राको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दे अध्यक्ष ओलीले आफ्नो पार्टीले एकल बहुमत पुरयाएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अब भाडाकुँटी खेलजस्तो बटुलेर सरकार सञ्चालन गर्दा जनताले दुःख मात्रै पाउने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट केही पनि आशा अपेक्षा गर्न नसकिने बताउँदै यो सरकारले मुलुकलाई सकिसकेको बनाइरहेको आरोप लगाउनुभयो ।
सडकबाट कराएर मात्रै आफना मागहरु पूरा गर्न नसकिने भन्दै विमतिकाबीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले तमोर जलाशयबाट वृहत हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपत भएपश्चात बढी भएको विद्युत विदेश निर्यात गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।