बसन्तपुरमा भोली हुने बृहतसभाको भब्य तयारी

विराटनगर २७ मंसिर । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी,मोरग,तेहथुम,धनकुटा र संखुवासभा बाट सहभागिता रहने छ । सुनसरी मोरग बाट मात्र ६० वटा वस,६० वटा कारजीप र तीन सय बढि मोटरसाइकल मा सहभागि हुने नेता तिवारीले बताउनुभयो । आजै देखि सहभागिहरु बसन्तपुर जान थालेका छन । भोली दिउसो साढे १२ बजे बसन्तपुरमा सभा सुरु हुने छ । बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली लाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५सय १ जना स्वयँसेवक खटिने छन । सभाअघि बिभिन्न जातजाती भाषभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिनुभयो ।

आमसभाअघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहाँसिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा संचालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि संचालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।